खानेपानीको धारोमा डोजर लगाउँदा पानीको हाकार

कर्णाली अनलाइन ३० जेष्ठ २०८०, मंगलवार १४:०८

 

कालिकोट। जिल्ला पलाँता गाउँपालिका वाड नं १ स्थित पुलाहाँ गाउँको गैरावाडा बस्तीका जनताले परापूर्वकाल देखि मुहानको पानी प्रयोग गर्दै आएका थिए।

करिब ५५ घरधुरी भएको उक्त बस्तीलाई स्वच्छ खानेपानीका लागि दुई वर्षअघि पुलाहाँ प्रगतिशील युवा क्लबले देउसी भैलो कार्यक्रम बाट उठेको रकमबाट जनतालाई स्वच्छ खानेपानी खुवाउन भनी उक्त मुहानमा ट्याङ्की सहित धारो निर्माण गरेको थियो।

तस्विर-प्रगतिशील युवा क्लबद्धारा धारा निर्माण सम्पन
तस्विर -पुलाहाँ प्रगतिशील युवा क्लबद्धारा धारा निर्माण सम्पन

उक्त कार्यबाट सर्वसाधारणहरु निकै खुसी भएका थिए तर वर्तमान स्थानीय सरकार र सडक निर्माण गर्ने समितिले सडक निर्माण गर्ने बैकल्पिक बाटो अर्को हुँदाहुँदै जनभावना विपरीत सर्वसाधारणलाई धारो र ट्यांकीमा केहि नगर्ने भनी छक्याउँदै धारो र ट्यांकीमा डोजर लगाई भत्काईदिएका छन्।

जसका कारण उक्त बस्तीमा पानीको हाकार चलेको छ। धुलो सहितको फोहोर धमिलो पानी प्रयोग गर्नुपरेको छ। शुद्ध खानेपानी पिउनबाट बञ्चित भएपछि स्थानियहरु आक्रोसित भएका स्थानीय बासिन्दा अनिल कार्कीले बताएका छन।

विकासको नाममा विनाश गर्नु अनि अर्कोतिर खानेपानीबाट समेत वञ्चित गर्नु मानवता विरोधी कार्य हो। संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरेको छ। जस अन्तरगत नागरिकले शुद्ध खानेपानी खान पाउनुपर्छ तर त्यहाँ त्यसतो हुन सकिरहेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित

३० जेष्ठ २०८०, मंगलवार १४:०८
सुर्खेत । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित भएका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ।   महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, […]