आयोजकलाई हराउँदै चुली क्लवको उपाधी रुकुमपश्चिमलाई

कर्णाली अनलाइन १९ फाल्गुन २०७९, शुक्रबार १५:१२

सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको हो ।

फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । विजेताले नगद दुई लाख २० हजार र ट्रर्फी पाएको छ । उपविजेता बनेको आयोजक क्लवले एक लाख ५० हजार र ट्रर्फी पाएको छ । यस्तै, तेस्रो भएको सल्यान र चौथो भएको एपीएफ कर्णालीले क्रमस ७५ हजार, पचास हजार नगद पुरस्कार र ट्रर्फी पाएका छन् ।

यस्तै, महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लव बुटवलले उपाधी जितेको छ । एभरेष्टले नगद एक लाख ५० हजार र टर्फी पाउदा उप–विजेतामा चित्त बुझाएको डाइमण्ड क्लव काठमाडौंले नगद ८० हजार र ट्रर्फी पाएको छ । तेस्रो भएको आयोजक क्लव चुली र चौथो भएको सल्यानले क्रममा ५० हजार, ३० हजार नगद र टर्फी पाएको छ । यहीँ फागुन ११ गतेबाट भएको प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लवले सहभागीता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामचन्द्र पौडेल बने नेपालको तेस्रो राष्ट्रपति

१९ फाल्गुन २०७९, शुक्रबार १५:१२
काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्। एमालेका उम्मेदवार नेम्वाङले […]