सशस्त्रका ३७ डीएसपी एसपीमा बढुवा

कर्णाली अनलाइन ६ असार २०७९, सोमबार १३:२६

काठमाडौं : सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएपी )हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।

बढुवाको एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन्। बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढिले भाग लिदै

६ असार २०७९, सोमबार १३:२६
सुर्खेत।  अन्तर्राष्ट्रिय ओलम्पीक डे २०२२ को अबसरमा असार ७ गते मंगलवार आयोजना गरिएको काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढिले भाग लिने भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले आयोजना गरेको उक्त म्याराथनमा विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयहरु, […]