काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढिले भाग लिदै

कर्णाली अनलाइन ६ असार २०७९, सोमबार १६:५७
साकेतिक फोटो
साकेतिक फोटो

सुर्खेत।  अन्तर्राष्ट्रिय ओलम्पीक डे २०२२ को अबसरमा असार ७ गते मंगलवार आयोजना गरिएको काँक्रेविहार हाफ म्याराथनमा एक हजार भन्दा बढिले भाग लिने भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले आयोजना गरेको उक्त म्याराथनमा विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयहरु, र खुल्ला तर्फबाट खेलाडीहरुले सहभागिता जनाउन लागेको आयोजक संस्थाका प्रोप्राइटर संजिव हमालले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन आमी क्लबबाट ४ जना, नेपाल नेपाल प्रहरीबाट ३ जना, ए.पि.एफ.बाट २ जना, नेपाली सेना पश्चिम कमाण्डबाट ११८ जना विभिन्न विद्यालयहरुबाट ११० जना अन्य खुल्लातर्फबाट २९५ जनाको सहभागिता रहने छ । स्थानीय वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए ।

उनका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ ।

यो प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन् । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

६ असार २०७९, सोमबार १६:५७
काठमाडौं।सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते भू-उपयोग नियमावली अनुसार जग्गाको बर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च […]