अटोरिक्सा दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु, एक घाइते

कर्णाली अनलाइन १९ कार्तिक २०८०, आईतवार १०:१६
फोटो प्रदेश ट्राफिक कार्यालय
फोटो- प्रदेश ट्राफिक कार्यालय

सुर्खेत।जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु भएको छ।गएराति जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेको अटो रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा हिमा गाउँपालिका-१ घर भएका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
दुर्घटनामा हिमा गाउँपालिका-१ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। भे.१.ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि नियन्त्रण गर्दै

१९ कार्तिक २०८०, आईतवार १०:१६
काठमाडौँ।सरकारले सामाजिक सञ्जाल टिकटकमाथि नियमन गर्ने भएको छ।अहिलेसम्म स्वस्फुर्त रुपमा नेपालमा टिकटक चलाउन दिइए पनि त्यसमा अवान्चित गतिविधि बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालय र सञ्चार मन्त्रालयले नियमन गर्ने अन्तिम तयारीमा पुगेका हुन्। दिनप्रति दिन टिकटकप्रति बढ्दै गएको नेपालीको त्र्रmेजसँगै यसबाट समाजमा हिंसा भड्काउने, गाली बेइज्जती गर्ने, अस्लिल गतिविधि गर्नेको संख्या […]

सम्बन्धित शीर्षक