सीताको शव श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म पेरिसडाँडामा राखिने, दुई बजे अन्त्येष्टि

कर्णाली अनलाइन २७ असार २०८०, बुधबार १०:३१

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२७ असार २०८०, बुधबार १०:३१
काठमाडौँ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक अब कहिले बस्ने हो ? त्यसबारेमा कुनै निर्णय […]