वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल आउँदै

कर्णाली अनलाइन ३० जेष्ठ २०७९, सोमबार ०६:५३

सुर्खेत । कर्णाली प्रदेशमा देखिएको पेट्रोल अभाव सोमबार दिउँसोबाट सहज हुने भएको छ । जसका लागि वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल बाेकेकाे ट्यांकर नेपालगञ्जदेखी सुर्खेत हिडेकाे छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले अबको साढे दुई घण्टामा २० हजार लिटर पेट्रोल वीरेन्द्रनगरमा आईपुग्ने बताए ।

प्रमुख घिमिरेका अनुसार भन्सारबाट तेल बोकेको ८९ वटा ट्यांकरहरु सबै रुपैडियामा रहेको नेपालीरैबारलाई जानकारी दिए । उनले भने, ‘हामीले कर्णालीका लागि २० हजार लिटर पेट्रोल पठाई सकेका छाैं अबको साढे दुईघण्टामा वीरेन्द्रनगरमा पुग्नेछ । नागरिकलाई उपभोग गर्नका लागि सहज हुनेछ ।’

प्रमुख घिमिरेले थपे, ‘२० हजार लिटर आएको पेट्रोल वीरेन्द्रनगरमा रहेका विभिन्न आयल निगममा शंखर आयल स्टोर, गंगामालामा, नारायण, दिपमाला र बुलबुले आयोल पेट्रोल पम्पमा झार्छ होला । २० हजार लिटर आएको छ ।’ यस्तै, तेल भरेर नेपाल आउँदै गरेका ट्यांकरहरुलाई भारतीय कस्टमले रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोल अभाव चुलिएको थियो ।

रुपैडियामा ६० गाडी डिजेल, २५ गाडी पेट्रोल, ४ वटा गाडी हवाई इन्धन बोकेका गाडी राेकिएका छन् । भारतीय आयल कर्पोरेशनले एक्जीम कोड मागेकाले कर्णालीमा तेल आपूर्तीमा समस्या भएकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वप्रधानसेनापति कटवालका दुवै मिर्गौला फेल

३० जेष्ठ २०७९, सोमबार ०६:५३
काठमाडौं।पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्।दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ। मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।