यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

कर्णाली अनलाइन २ चैत्र २०७९, बिहीबार १८:४२

काठमाडौं। विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ। लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो।

३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो।

नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।

कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए। दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले। भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

२ चैत्र २०७९, बिहीबार १८:४२
सुर्खेत । त्रिभुवन विश्वविध्यालय अन्तरगत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको हो। रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पराजित गरेका हुन। यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको […]

सम्बन्धित शीर्षक