भक्तपुरमा भएको दुर्घटनामा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

कर्णाली अनलाइन २४ असार २०७९, शुक्रबार १०:१५

काठमाण्डाै । भक्तपुरमा भएको दुर्घटनामा स्कुटर चालकको ज्यान गएको छ ।चाँगुनारायणमा हिजो बेलुका बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।प्रहरीका अनुसार स्कुटरले ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हो । मिनी ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरबाट लागूऔषधसहित पाँचजना पक्राउ

२४ असार २०७९, शुक्रबार १०:१५
सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो चार बजेको समयमा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमा–छोरासहित पाँचजना लागूऔषध कारोबारी रहेका छन् […]