प्रधानमन्त्री देउवा आज धनगढी जाने

गृहजिल्लामा यस्तो छ ४ दिनको कार्यक्रम

कर्णाली अनलाइन १६ कार्तिक २०७९, बुधबार ०८:१२

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  बुधबार धनगढी जाने भएका छन्।  गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी बुधवार धनगढी जान लागेका हुन्।

देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन्।

उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ।

यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ।

देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका हुन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए। उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए।

देउवाविरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत आठ उम्मेदवार मैदानमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक

१६ कार्तिक २०७९, बुधबार ०८:१२
दैलेख। जिल्लाको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रीत बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक […]

सम्बन्धित शीर्षक