आज विश्व वातावरण दिवस,विभिन्न कार्यक्रम गरि मनाइँदै

कर्णाली अनलाइन २२ जेष्ठ २०८०, सोमबार ०७:३२

सुर्खेत।संयुक्त राष्ट्रस‌ंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धननसम्बन्धी विविध कार्यक्रम गर्दै आआफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२२ जेष्ठ २०८०, सोमबार ०७:३२
भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो। गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित […]