सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गरेका थिए। उनको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दैछन्। मनोनित भएर जाने व्यवस्था भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै उम्मेदवारी दिएको उनले बताए।
निर्वाचन क्षेत्र नं २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन्। उनका अनुसार उम्मेदवारी नदिए पनि केन्द्रीय सदस्यका हिसाबले उनी महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित हुनेछन्। केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिले मतदान गर्दैछन्।