भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०८:३४

नयाँ दिल्ली। भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई-१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी आइसकेको छैन।

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ। तर, उनीहरुको पहिचान खुलाइएको छैन।भारतीय वायु सेनाका अनुसार दुर्घटनाको अनुसन्धानको आदेश दिइएको छ।

रावत भारतको  पहिलो चिफ अफ डिफेन्स स्टाफ-सीडिएस हुन्। स्थल, जल र बायु सेनालाई संयुक्त नेतृत्व गर्ने गरि भारतले सीडिएसको अवधारण अगाडि सारेको थियो। सिडिएस हुनुअघि उनी तीन वर्ष भारतको स्थल सेनाध्यक्ष रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयर बजार आज ५३ अंकको गिरावट, करोबार रकम पनि घट्यो

२२ मंसिर २०७८, बुधबार ०८:३४
काठमाडौँ।सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर बजार आज ५३.३१ अंकले ओरालो लागेको हो।सेयर बजार ५३.३१ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४५५.६० विन्दुमा सीमित भएको छ। सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ। आज ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ […]