आज मिसाइल आक्रमण हुनसक्ने आशङ्का युक्रेनको राजधानी किएभमा

कर्णाली अनलाइन १५ फाल्गुन २०७८, आईतवार ०४:००

रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ । रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ ।

पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा शरण लिन पुग्न थालेका छन् । यसबीचमा जर्मनी र फ्रान्सले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका छन् भने नेदरल्यान्डले सेना नै पठाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

किएभको अवस्था थप खतरनाकतर्फ अघि बढिरहेको खबरमा उल्लेख छ । त्यहाँ मिसाइल आक्रमण हुन सक्ने आशङ्का गरिएको छ । किएभका मेयरले त्यहाँ रहेका नागरिकलाई भोलि बिहानसम्म घरभित्रै बस्न आदेश दिएका छन् । रुसी सेना प्रवेश गरेकाले भोलि बिहानसम्मका लागि किएभमा कर्फ्यु  लगाइएको छ ।

युक्रेनी सेनाले रुसी सेनाविरुद्ध लडाइँ लडिरहेको छ । यस्तै, रुस विरुद्ध लड्न युक्रेनले आफ्ना पुरुष नागरिकलाई हतियार बाँडेको छ । रुसको आक्रमणबाट अहिलेसम्म १९८ जना युक्रेनीको ज्यान गएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशका एक/दुई ठाउँको मौसम पनि आज आंशिक बद्ली हुने सम्भावना

१५ फाल्गुन २०७८, आईतवार ०४:००
काठमाण्डाै  । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली भएको छ । यी दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य केही प्रदेशका एक/दुई ठाउँको मौसम पनि आज आंशिक बद्ली हुने सम्भावना छ । तर, जाडोयामको अन्तिम भइसकेकाले अब पश्चिमी वायुको […]