इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टन भिल्लालाई हरायो

कर्णाली अनलाइन ६ चैत्र २०७८, आईतवार ०१:३१

काठमाडौँ।इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ ।गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले हराएको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ ।

पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ । २९ खेलमा म्यानचेस्टर सिटी ७० अङ्कका साथ शीर्षस्थानमा कायमै छ । ६९ अङ्कका साथ लिभरपुल दोस्रो र २८ खेलमा ५९ अङ्कका साथ चेल्सी तेस्रो स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज अन्तर्राष्ट्रिय खुसी दिवस

६ चैत्र २०७८, आईतवार ०१:३१
काठमाडौँ।आज अन्तर्राष्ट्रिय खुसी दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ । खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता […]