टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

कर्णाली अनलाइन ९ कार्तिक २०७८, मंगलवार ०५:३५

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ ।

सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर-१२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर-१२ मा स्थान बनाएको हो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ ।

पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।हिजो (आइतबार) भएको बहुप्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजीनामाको मागमा न्यायाधीशहरु अडिग, प्रधानन्यायाधीशले भने– म राजीनामा दिन्नँ

९ कार्तिक २०७८, मंगलवार ०५:३५
काठमाडौँ ।प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा सर्वोच्च न्यायाधीशहरु कायम रहेका छन् । मंगलबार प्रधानन्यायाधीशलाई भेटेपछि फेरि सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले आफूहरुको अडान कायम रहेको बताएका छन्। न्यायाधीशहरुको सामूहिक छलफलमा भएको कुराकानीबारे स्रोतले भन्यो, ‘न्यायाधीशहरु वर्तमान नेतृत्वले न्यायपालिकाको नेतृत्व गर्न नसक्नेमा अडिग छन्। राजीनामाको मागमा न्यायाधीशहरुको अडान यथावत छ।’ न्यायाधीशहरु बुधबार पुनः […]