युद्ध अन्त्यविना रुसमाथिको प्रतिबन्ध फुकुवाबारे चर्चै हुनुहुन्न – जेलेन्स्की

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ०४:३२

एजेन्सी।युद्ध अन्त्य नभएसम्म रुसमाथि लगाएको प्रतिबन्ध फुकुवाका सम्बन्धमा चर्चा हुन नहुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।आफ्नो नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा जेलेन्स्कीले मंगलबार राति रुसमाथिको प्रतिबन्ध फुकुवाका सम्बन्धमा कुरा नगर्न अपिल गरेका हुन्।

उनले भनेका छन्, ‘जबसम्म युद्ध अन्त्य हुँदैन, जबसम्म हामीले हाम्रो सम्पूर्ण चिजमा नियन्त्रण प्राप्त गर्दैनौँ, तबसम्म प्रतिबन्ध फुकुवाको विषय उठानसमेत हुनु हुँदैन।’यसअघि सोमबारको सम्बोधनमा जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अपिल गरेका थिए। उनले रुसमाथि हाल लगाइएका केही ‘निष्क्रिय’ प्रतिबन्धको निन्दा गरेका थिए।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घेराबन्दीमा रहेको युक्रेनी सहरको रक्षाका लागि खटिएका युक्रेनीहरुले हतियार बिसाउनु पर्ने माग गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादको क्रममा सो माग गरेका हुन्।

दुई नेताबीच युक्रेनको पछिल्लो अवस्थाबारे कुराकानी भएको रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरेर जानकारी दिएको छ।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमणको गम्भीर निशानामा मारिपोल आएको छ। घेराबन्दीमा रहेको मारिपोलका बासिन्दा पानी, खाद्यान्न, औषधिसहित अत्यावश्यक सेवाको चरम अभाव झेलिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज केही ठाउँमा क्षणिक वर्षाको सम्भावना, प्रदूषण अझै केही दिन नहट्ने

१६ चैत्र २०७८, बुधबार ०४:३२
काठमाडौँ।आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्म छ । कतै कतै हल्का पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दिउँसाे पनि काठमाण्डौसहित प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकीमा क्षणिक वर्षाको सम्भावना छ । […]