एमाले कञ्चनपुर : मत गणनाको कार्य आज विहान दश बजेदेखि

कर्णाली अनलाइन २८ पुष २०७८, बुधबार ०४:१३

कञ्चनपुर ।  नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका छन्। मंगलवार साँझ ५ बजे देखि जारी मतदानको कार्य बुधवार विहान २ बजेर ५८ मिनेटमा सकिएको छ।

निर्वाचन समितिका सदस्य दीपक भण्डारीका अनुसार निर्वाचनमा १५ जना मतदाता अनुपस्थित रहे भने १४ जना आयोजक कमिटीका प्रदेश पदाधिकारीले मतदान गर्न पाएनन्। मत गणनाको कार्य आज विहान १० बजेदेखि पार्टी कार्यालयमा शुरु हुने उनले बताए।

पुस २३ र २४ गते  उद्घाटन समारोह सम्पन्न गरेर २५ गतेदेखि सुरु भएको बन्द सत्रमा सहमतिको प्रयास गरिए पनि सहमति नभएपछि पुस २७ गते मंगलबार बेलुका ५ बजेबाट मतदान सुरु भएको थियो।
अध्यक्ष पदका लागि वीरबहादुर थापा (पातल) र सुरेन्द्र विष्टले अलग अलग प्यान बनाएर चुनावी मैदानमा उत्रिएका थिए। विष्ट भीमदत्त नगरपालिकाका नगर प्रमुख हुन्। थापा माओवादी केन्द्र छाडेर एमाले आएपछि अध्यक्ष बनेका हुन्।

अध्यक्षका उम्मेदवार विष्ट समूहबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द र थापा समूहबाट उपाध्यक्षमा महेश चन्द, सचिव अशोक चन्द र उप सचिवमा शेर बहादुर चन्द उम्मेदवार रहेका छन्।

थापा समुहबाट उप सचिव पदमा उम्मेदवारी दिएका इश्वरा कुवँरको उम्मेदवारी भने रद्द भएको छ। उनको मापदण्ड नपुगेपछि उम्मेदवारी रद्द भएको निर्वाचन समितिले जनाएको छ। एमाले पदाधिकारीका लागि दुई कार्य समितिमा बस्नुपर्ने  प्रावधान रहेको छ। पाँच पदाधिकारी सहित १२० सदस्य चयनका लागि निर्वाचन भएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललिता निवास प्रकरण सुवेदी दम्पती थुनामुक्त

२८ पुष २०७८, बुधबार ०४:१३
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी थुनामुक्त भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आवश्यक परेको बेला उपस्थित हुने शर्तमा उनीहरुलाई छाडिदिएको हो। आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धीरजप्रताप सिंहले बताए। ललिता निवासको […]