नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

कर्णाली अनलाइन ९ माघ २०७९, सोमबार २०:१६

 

काठमाडौँ।संघीय संसद् सचिवालयले नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ। काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो।

गत साता नेपाली काँग्रेसले संसद् सचिवालयमा आफ्नो दललाई विपक्षी दलको मान्यता दिई सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै पत्र पठाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि काँग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै विभिन्न टिप्पणी भएका थिए।

अब संसद् सचिवालयले पत्र पठाई काँग्रेसलाई विपक्षी दलको सेवा सुविधा उपलब्ध हुने उल्लेख गरेपछि यो विवाद टुंगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धुलियाबिट-भेडाबारी सडक खण्ड : पक्की पुल ५ वर्ष नबित्दै बन्यो 'स्विमिंग पूल'

९ माघ २०७९, सोमबार २०:१६
सुर्खेत ।विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक विकास ओसार्ने माध्यम पनि हो तर कहिले पनि बन्न सकेन दिर्घकालिन सोच सहितको विकास?सडकमा बनाइने अनेक पुल दुई स्थानलाई जोडेने माध्यम पनि हो । तर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अलपत्र रहेको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट-भेडाबारी सडक खण्डमा निर्माण भएको करेखोलामाथिको पक्की पुल […]

सम्बन्धित शीर्षक