नेपाल सरकारले भारी वर्षाको घण्टा–घण्टामा पूर्वसूचना दिइने

कर्णाली अनलाइन ७ आश्विन २०८३, बुधबार १७:१६

काठमाडौँ ।सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ।

आगामी शुक्रवारदेखि आईतवार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरुप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीकाअनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ।

सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि लघुवित्त–बचत र सम्पत्ति सुरक्षाबारे सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७ आश्विन २०८३, बुधबार १७:१६
सुर्खेत ।एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय खोलागाउँ रुकुम पश्चिमले ग्राहक सुरक्षण कार्यक्रम अन्तर्गत केन्द्र नं.०२४ मा सम्पत्ति तथा बचत व्यवस्थापनमा निहित जोखिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा केन्द्रका सदस्यहरूलाई बचतको महत्व, सम्पत्तिको सुरक्षित व्यवस्थापन, आर्थिक जोखिमको पहिचान तथा जोखिम न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो। साथै […]