एनएमबि लघुवित्त–बचत र सम्पत्ति सुरक्षाबारे सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न 

दान खत्री ७ आश्विन २०८३, बुधबार १८:०४

सुर्खेत ।एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय खोलागाउँ रुकुम पश्चिमले ग्राहक सुरक्षण कार्यक्रम अन्तर्गत केन्द्र नं.०२४ मा सम्पत्ति तथा बचत व्यवस्थापनमा निहित जोखिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा केन्द्रका सदस्यहरूलाई बचतको महत्व, सम्पत्तिको सुरक्षित व्यवस्थापन, आर्थिक जोखिमको पहिचान तथा जोखिम न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो। साथै नियमित बचत, आय–व्यय व्यवस्थापन, आकस्मिक अवस्थाका लागि बचतको तयारी तथा वित्तीय अनुशासन अपनाउने विषयमा सहभागीहरूसँग खुला छलफल गरिएको थियो।

उक्त कार्यक्रममा खोलागाउँ शाखाका शाखा प्रमुख श्री दान बहादुर खत्रीले ग्राहकको वित्तीय सुरक्षा संस्थाको प्राथमिकता रहेको उल्लेख गर्दै बचत र सम्पत्तिको सही व्यवस्थापनले परिवारको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा सहभागी सदस्यहरूले आफ्ना जिज्ञासा राख्दै दैनिक जीवनमा देखिने वित्तीय जोखिमबाट बच्ने उपायबारे अनुभव आदानप्रदान गरेका थिए।उक्त कार्यक्रमको सन्चालन तथा सहजीकरण खोलागाँउ शाखाको कर्मचारी श्री मनिसा केसीले गरेकी थिइन ।

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस्ता ग्राहक सुरक्षण तथा वित्तीय सचेतनामूलक कार्यक्रममार्फत सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्दै सुरक्षित र जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *