युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजद्वारा अष्ट्रेलियामा आत्महत्या प्रयास

कर्णाली अनलाइन २१ कार्तिक २०७९, सोमबार २१:००

काठमाडौं । युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।

दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।

छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज । उनले गाएका ‘घर कता हो बैनीको…’ ‘जाम भो माइली…’ ‘चोली मैलै भो…’, ‘रेलिमाई…’ लगायत गीतहरू चर्चित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटी नै एमालेमा समाहित

२१ कार्तिक २०७९, सोमबार २१:००
सुर्खेत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका हुन् । एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी नै […]