राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन दर्ता

कर्णाली अनलाइन २३ पुष २०८०, सोमबार ०७:५९

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ।

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२३ पुष २०८०, सोमबार ०७:५९
जलेश्वर।महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका- ३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। दुर्घटनामा ती […]