प्रदेश प्रमुख खापुङ र अध्यक्ष सुवेदीबीच भेट

कर्णाली अनलाइन २ माघ २०७८, आईतवार ०७:०६

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले भेट गरेका छन्। भेटमा अध्यक्ष सुवेदीले प्रदेश१ मा बेपत्ता पारिएका व्यक्तिहरुको नामावली, परिचयपत्रसम्बन्धी जानकारी गराएका थिए।

आयोगले ७०० घर परिवारको २ हजार ८०० जनालाई परिचयपत्र उपलब्ध गराइसकेको अध्यक्ष सुवेदीले प्रदेश प्रमुखलाई जानकारी दिए। प्रदेश प्रमुख खापुङले यो राष्ट्रिय समस्या भएकाले यसलाई सबैले सहयोग गरेर आयोगलाई सघाउनुपर्ने धारणा राखे। त्यसैगरी परिचयपत्र पाएका राज्यले सुविधा दिलाउन सरकारलाई आग्रह गर्ने प्रतिवद्धता पनि जनाए।

२०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गरी बलपूर्वक बेपत्ता परिएका व्यक्तिहरुको सम्बन्धमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य पत्ता लगाएर पीडितलाई परिपूरणको व्यवस्था र कानुनी कारबाहीको लागि सिफारिस गर्न आयोगको गठन भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्याे

२ माघ २०७८, आईतवार ०७:०६
काठमाण्डौं । सुन चाँदीको भाउ आज केही घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन […]

सम्बन्धित शीर्षक