‘आवश्यक भयो भने बोलाउनु होला ,नभए गेट बाहिरै जनताको मुद्धा राखुला ‘भन्दै बाहिरिन-सांसद शाही

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ११:०३

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठक माघ १६ गते आइतबार दिउँसो दुई बजेबाट शुरू भयो । सबै सांसदहरू प्रदेश सभा हल भित्र प्रवेश गरे । सभामुख राजबहादुर शाहीले दैनिक कार्यासुची अनुसार बैठकलाई अगाडी बढाउनु पुर्व राष्ट्रिय गान र सहिदहरु प्रति मैनधारणको कार्यक्रम भयो ।

त्यस लगतै सबै सहभागी सांसदहरु आ–आफ्नो सिटमा बसे । अलि ढिलो गरि बैठकमा पुगेकी कालिकोट जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद सोशीला शाही भने सिटमा नबसि उठिरहेकी हुन्छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले संसदिय दलका नेता यामलाल कँडेललाई  सभामुखले आफ्ना भनाइ राख्न अनुमित दिइसकेपछि कँडेल रोष्ट्रममा पुगे । तर, पनि सभामु्ख शाहीले सांसद सोशीलालाई सिटमा बस्न आग्रह गर्दा पनि उनि बसिनन् ।

कँडेलले करिब ४५ मिनेट समेत लगातार बोलिरहे । सरकारलाई विभिन्न आलोचना गर्दै सरकारले ल्याएका विभिन्न योजनादेखि गरेको कार्यान्वयन र बजेट विनियोजम सम्म । तर, पनि सांसद सोशीला सिटमा बसेकि थिनन् ।

एमाले नेता कँडेलले आफ्ना भनाई राखि सकेपछि सभामुख राजबहादुर शाहीले सांसद सोशिलालाई प्रश्न गदै भने ‘के भन्न्न खोज्नु भयो माननिय सदस्य रु छोटोमा राख्नुहोस्  ।’ त्यसपछि सांसद सोशिलाले अलि निराश हुँदै भनिन् ‘सभामुख महोदय मैले भन्न खोजेको के हो भने । यो गरिमामय हाउँसमा धेरै कुरा राख्न चाहानन् भन्दै प्रश्न गरिन् ।

हाम्रो दलले स्थान पाउँने कि नपाउँने सभामुख महोदय रु’ त्यपछि अलिकति विगतको कुरा जोड्दै सांसद सोशिलाले भनिन् ‘सभामुख महोदय हिजो संसद चल्दै गर्दा हामीसबै सांसद एक हौं कर्णादी प्रदेशमा, विकास हुनुपर्छ, सम्मवृद्धि हुनुपर्छ, र हामी एकजुट भएर जानुपर्छ  भन्ने मान्यता हामी सबै माननिय ज्यु हरूको थियो ।’

सांसद सोशीलाले यसअघिका बैठकमा प्रतिपक्षी दल भनेर बैठक कक्षको अगाडी सिटमा बस्दै आएको र हाल सचिवालयले पछिल्ला सिटमा बस्ने व्यवस्थापन गरेपछि शाहीले आपत्ती जनाइन् ।

सोशीलाले भनिन् ‘कुनै विषयमा विमती जनाउँदा एमालेको सांसद भयो भनेर प्रचार गरिन्छ, संसद बैठकमा आउँछु, सचिवालयको व्यवहार अर्कै देख्छु सभामुख महोदय मलाई गेटबाटै प्रवेश नगर भन्नुहोस्, म आउँदिन् ।’

त्यसपछि शाहीले सानो दल भएर आफुलाई अन्यदलले हेप्ने गरेको बताइन् । उनि अलि भावुक हुदै भनिन् ‘पनि विश्वासको मत दिँदा पनि सुख छैन् । नदिँदा पनि सुख छैन् ।’ दलको मान्यता दिएपछि त्यहीँ खालको व्यवहार गर्नु पर्यो भन्दै शाहीले आफ्नो आवश्यक भयो भने बोलाउनु होला, नभए गेट बाहिरै जनताका मुद्दा राखुला भन्दै आफ्ना धारणा पोखेर बैठक बैठकहलबाट बाहिरिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् भने आधि घण्टा बित्तिसक्दा पनि बैठक बसेको छैन् ।

 

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८, १५:४७:००
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन फरार अभियुक्त सुर्खेतमा पक्राउ

१६ माघ २०७८, आईतवार ११:०३
सुर्खेत ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ […]