धनुषामा मोटरसाइकल दुर्घटना : चार जनाको ज्यान गयो, एक जना घाइते

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०२:२०

धनुषा।जिल्लाको सबैलामा भएकोे मोटरसाइकल दुर्घटनामा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८  बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका  पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका र यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३६ डिएसपी सरुवा (सूचिसहित)

१५ चैत्र २०७८, मंगलवार ०२:२०
काठमाडौँ ।नेपाल प्रहरीका तीन दर्जन प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार बेलुका ३६ डिएसपीको सरुवा गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकमा दिलिपकुमार गिरी, इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवर र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ज्ञानकुमार महतो सरुवा भएका छन् । […]