काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफुसँगै राखेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन । देउवाले काुनुन ,न्याय तथा संसदीय मामिला गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन ।
संक्रमणकालिन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन।नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।
बन्दीलाई कानुन मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानुन मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडुलाइृ उधोग वाणिज्य मन्त्रालयको जिम्मेवादी दिने प्रधानमन्त्री देउवाको तयारी छ ।नवनियुक्त मन्त्री बन्दीले सपथका लागि आवश्यक तयारी गर्ने प्रधानमन्त्र िकार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको छ ।