जुम्लाको पातारासीमा एक पुरुष मृत फेला

कर्णाली अनलाइन ९ माघ २०७९, सोमबार १८:१४

सुर्खेत । जुम्लाको  गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। ‘घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो देखिन्छ,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लाग्नेछ।’

मृतक बुढाको शव कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारी भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने तयारीमा

९ माघ २०७९, सोमबार १८:१४
काठमाडौँ।सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने भएको छ। जबरजस्ती करणी अभियोग लागेका क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो। उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने […]

सम्बन्धित शीर्षक