सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार १०:३७

काठमाण्डौ । सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।

विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् भने प्रधानन्यायाधीश तत्काल राजीनामा नदिने अडानमा हुनुहुन्छ । नेपाल बार एसोसिएशनले गएको कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजको मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना

३ मंसिर २०७८, शुक्रबार १०:३७
काठमाडौं। आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती […]