आजको मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना

कर्णाली अनलाइन ४ मंसिर २०७८, शनिबार ०४:४०

काठमाडौं। आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।यसैगरी, आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राति देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा माओवादी केन्द्रले आज देशभर एकैसाथ वडाअधिवेशन गर्दै

४ मंसिर २०७८, शनिबार ०४:४०
काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रले देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ। ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ। साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले विज्ञप्तीमार्फत् आग्रह गरेका छन्।यस्तै वडा सम्मेलनको […]