अख्तियारको टोलीमाथि जाजरकोटमा आक्रमण, तीन पक्राउ

कर्णाली अनलाइन २२ भाद्र २०८०, शुक्रबार २०:००

सुर्खेत।जाजरकोटको भेरी नगरपालिका ५ स्थित वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेकाे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीमाथि आक्रमण भएको छ।

स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियार कर्मचारीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते भएका जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बताए।

आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको उनले बताए। अख्तियारका ५ जनाको टोली त्यहाँ गएको थियो। मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारकाे टोलीमाथि आक्रमण भएको थियो।

टाेली जाजरकोटका योजना अनुगमणमा गएको थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

२२ भाद्र २०८०, शुक्रबार २०:००
विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त […]

सम्बन्धित शीर्षक