जुम्लामा बित्तीय साक्षरताबाट बन्चित समुदायलाई दियो एनएमबी लघुवित्तले साक्षरता

कर्णाली अनलाइन ४ फाल्गुन २०८१, आईतवार १८:५३


जुम्ला।जिल्लाको सिंजा गाउँपालिका वडा न.३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंजाले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सिंजा गाउपालिका -१ जाच मा संचालन गरेको छ। उक्त कार्यक्रममा ८० भन्दा बढी स्थानिएको उपस्थिति रहेको थियो। सिंजा शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचाल्न गर्दै आईरहेको छ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए ।

उक्त कार्यक्रमको ब्यवस्थापन सेर बहादुर लम्पालले गर्नु भएको थियो ,कार्यक्रमको संचालन र स्वागत भने सिंजा शाखाका शाखा प्रबन्धक जय कृष्ण जैसिले गर्नु भएको थियो ,कार्यक्रम मा बित्तीय साक्षयरताका बारेमा भने कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासे ले प्रशिक्षण दिनुभएको शाखा प्रबन्धक जय कृष्ण जैसीले जानकारी दिनुभयो ।

उक्त गाउपालिका वडा न. १,देखि ६ ओटै वडा ,हिमा गाउपालिका,कनका सुन्दरी गाउपालिका र तिला गुफा नगरपालिका का करिब १ हजार २ सय घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि. शाखा कार्यालय सिंजाले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कांग्रेसको बुइ चढेर हिँड्न बाध्य छः झलनाथ खनाल

४ फाल्गुन २०८१, आईतवार १८:५३
काठमाडौँ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुइ चढेर हिँड्न बाध्य भएको बताएका छन्।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि कांग्रेसकै बुइ चढेर हिँडिरहेको बताए। उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने […]