दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

कर्णाली अनलाइन १६ जेष्ठ २०७९, सोमबार ०२:०२

काठमाडौं ।आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  जानकारी दिए। उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौं।’

यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भनेका छन्, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ।  केहीबेरमा सबै विवरण सार्वजनिक गछौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तारा एयर अपडेटः १४ जनाको शव फेला

१६ जेष्ठ २०७९, सोमबार ०२:०२
काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ।प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी नै छ। विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन। नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्दार कार्यमा खटिएका छन् ।प्राधिकरणले एयर […]