सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन: कँडेल र खड्काबीच कडा प्रतिस्पर्धा, ३१ मतकाे अन्तर

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार १७:०२

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगाणना जारी नै रहेको छ । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडलेले आफ्नो अग्रता कायम नै राखेका छन् ।१२ सय मतगणना गर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ६०२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्कले ५७१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । खड्का भन्दा कँडेल ३१ मतले अगाडी रहेका छन् ।

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कँडेल विजयी

५ बैशाख २०७९, सोमबार १७:०२
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव लक्ष्मण कँडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरेका हुन् । कँडेलले ९११ मत ल्याएर विजयीहुँदा खड्काले ८६३ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार […]

सम्बन्धित शीर्षक