कारको ठक्करबाट बाँकेमा तीन जनाको ज्यान गयो

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०४:५६

बाँके। नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको ज्यान गएको छ ।गएराति पौने १२ बजे प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बाँके नर्सिङ होममा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

२८ चैत्र २०७८, सोमबार ०४:५६
काठमाडौँ।सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको […]