काठमाडौँ ।मन्त्रिपरिषद्काे निर्णय विपरित साेमबार ‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएकाे छ।
सरकारले देशभर सार्वजनिक बिदा दिएपनि आज नगद कारोबार, चेक क्लियरिङलगायतका आवश्यक बैंकिङ काराेबार हुनेछन्। बैंकका अनुसार आज बिहान १० बजेदेखि दिउँसाे १:३० बजेसम्म सबै बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय सेवा सुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएकाे हो।
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्काे एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का मन्त्रीहरूकाे बहिस्कारकाबीच पनि फागुन १ गतेलाई जनयुद्ध दिवस तथा सार्वजनिक बिदाका रुपमा मनाउने निर्णय गरेका थिए।
उक्त निर्णयकाे अधिकांश गैर माओवादी शक्तिहरूले विराेध गरेका छन्।