सुवास नेम्वाङले धाँधली गरेर चुनाव जितेकाे भन्दै सर्वाेच्चमा मुद्दा दायर

कर्णाली अनलाइन १ पुष २०७९, शुक्रबार १५:१४

 

काठमाडाैँ।इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेकाे छ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेकाे भन्दै पुन:मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन्।

पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन्।निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा वडाध्यक्षले कुटे प्रधानाध्यापक

१ पुष २०७९, शुक्रबार १५:१४
जुम्ला। जिल्लाको तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्। उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्षसहित उनका दुई छोरा तिलक र सागर (सुरज) […]