काठमाडौँ ।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ।केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्। केन्द्रीय घोषणापत्रमा स्थानीय आवश्यकताअनुसार थप विषयहरु समावेश गर्न सकिने एमालेले जनाएको छ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।स्थानीय तहको लागि सार्वजनिक भएको घोषणापत्रमा राष्ट्रिय महत्वका विषयहरुलाई बढी स्थान दिइएको छ।