आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ११:०३

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्।पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’

उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न सक्ने बताए। नेपाली जनमत दुईवटा गठबन्धनबीच विभाजित हुने उनले बताए। नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकताबद्ध भएर जान सबैले निर्णय गरिसकेको बताए।

उनले भने, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ। हामी पाँचदलीय गठबन्धनमा छौँ। अब अर्को पनि गठबन्धन चारदलीय गठबन्धन बन्छ कि! त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ। संविधान, गणतन्त्र र संसद्माथि जुन खालका खतरा पैदा भए त्यसलाई हामीले रोकेका छौँ। यो खतराबाट रोकिएको छ।’ मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडि बढेको उनले बताए।

उनले भने, ‘संविधान बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडि लैजान सकिँदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फ्याक्टर हो भन्थे । अब त्यो त उन्मूलन भइसक्यो। अहिले स्थिरताको फ्याक्टर भनेको हाम्रो संविधान हो। त्यसलाई हलचल गर्न नदिई रक्षा गर्नु एकदमै जरुरी छ।’

संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि हामीले यो पाँचदलीय गठबन्धन बनाउनुपर्ने बाध्यात्मक स्थिति खडा भएको उनले जानकारी दिए।उनले गैरआवासीय नेपाली र नेपाली जनताबीच प्राकृतिक सम्बन्ध रहेको बताए। आगामी दिनमा पनि उक्त सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ट बनाउनुपर्नेमा उनले जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल टेलिकमले ल्यायो नयाँ भ्वाइस प्याकको अफर

१६ चैत्र २०७८, बुधबार ११:०३
काठमाडौँ।नेपाल टेलिकमले ल्याएको अल नेट भ्वाइस प्याक अफर ल्याएको छ।टेलिकमले जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको हो। हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक […]