पाल्पामा जिप दुर्घटनाहुँदा पाँचजना घाइते, दुईको अवस्था गम्भीर

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०६:५७

पाल्पा।पूर्वखोला गाउँपालिका ६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।हेक्लाङबाट तानसेन आउँदै गरेको लु १ ज २६०७ नम्बरको जिप सोमबार बिहान करिब ८ बजे सेर्काबास-हेक्लाङ भित्री सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा पूर्वखोला-६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारू, २९ वर्षीय प्रेम सिङ्जाली र ४६ वर्षीय पविसरा सारू घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको त्वातीले बताए। घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। जिप सडकभन्दा १५० मिटर तल खसेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट एकीकृत समाजवादीका १६ उम्मेदवारको नाम सिफारिस

१९ पुष २०७८, सोमबार ०६:५७
सुर्खेत। राष्ट्रियसभामा रिक्त हुने सदस्य पदका लागि नेकपा ९एकीकृत समाजवादी०ले कर्णाली प्रदेशबाट १६ जना प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश सचिवालय कमिटीको बैठकले अन्य, महिला र अपाङ्गता कलस्टरका लागि पार्टी केन्द्रलाई उम्मेदवारका लागि प्रस्तावित नाम सिफारिस गरेको हो । पार्टीका कार्यालय सचिव वसन्त विश्वकर्माले पुरुषतर्फ नौ र महिलातर्फ […]