बसपार्क दुर्घटना : आफन्त र प्रहरीबीच दोहोरो झडप,एक प्रहरी घाइते

कर्णाली अनलाइन १ फाल्गुन २०७९, सोमबार १४:४३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्।आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

१ फाल्गुन २०७९, सोमबार १४:४३
काठमाडौँ।एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्।मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा […]

सम्बन्धित शीर्षक