थप २१३ जनामा कोरोना संक्रमण, ३२५ जना संक्रमणमुक्त

कर्णाली अनलाइन ११ मंसिर २०७८, शनिबार १०:५९

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ।

शनिबार ३२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार १५६ सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ९०७ पीसीआर तथा १ हजार ७२५ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीबिरुद्ध अध्यक्ष पदमा मत माग्न थाले भीम रावल

११ मंसिर २०७८, शनिबार १०:५९
चितवन।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि भगीरथ प्रयास गरिरहेका बेला उनका प्रतिद्वन्द्वीका रुपमा आफूलाई प्रस्तुत गरेका एमाले उपाध्यक्ष भीम रावल मतदाताहरुसँग भोट माग्न थालेका छन्। शुक्रबार एसएमएस पठाएर महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका रावलले शनिबार महाधिवेशनको बन्दसत्र आयोजना भएको चितवनस्थित सौराहामा प्रतिनिधिहरुसँग भेटेरै मत […]