बेल्बासे वंश समाजमा नयाँ नेतृत्व,अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित

कर्णाली अनलाइन २७ असार २०८३, शनिबार १६:३९

भैरहवा । बेल्बासे वंश समाज भैरहवाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन् । उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा विमला बेल्बासे चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, विमला बेल्बासे र खगेन्द्र बेल्बासे निर्वाचित भएको निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रमा बेल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासेले समुदायबिच आपसी एकता, सहयोग र सद्भावलाई अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बेल्बासे वंश समाज रुपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।कार्यक्रममा घनश्याम बेल्बासे, विष्णुप्रसाद बेल्बासे, गणेशप्रसाद बेल्बासे, झविन्द्रप्रसाद बेल्बासे लगायतले मन्तव्य राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२७ असार २०८३, शनिबार १६:३९
काठमाडौँ।आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरलाई विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरूमा काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडाैँ तारकेश्वर नगरपालिका-८ बस्ने […]