उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

कर्णाली अनलाइन ९ बैशाख २०८०, शनिबार ०८:००

काठमाडौँ ।प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँ १ः स्वर्णिमको अग्रता झन्डै दोब्बरले, सर्वेन्द्र तेस्रो

९ बैशाख २०८०, शनिबार ०८:००
तनहुँ। तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन्।हालसम्म १७ वडाको २३ हजार मतगणना हुँदा उनले ११ हजार ६७७ मत पाएका छन्। नेपाली कांग्रेसको वर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो। सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार […]