तनहुँ १ः स्वर्णिमको अग्रता झन्डै दोब्बरले, सर्वेन्द्र तेस्रो

कर्णाली अनलाइन ११ बैशाख २०८०, सोमबार १२:३९

तनहुँ। तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन्।हालसम्म १७ वडाको २३ हजार मतगणना हुँदा उनले ११ हजार ६७७ मत पाएका छन्।

नेपाली कांग्रेसको वर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो।

सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ मत प्राप्त गरेका छन्।नेकपा एमालेका सर्वेन्द्र खनाल निकै पछाडि छन्। उनले ३ हजार ८०२ मत पाएका छन्। तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनको मतगणना दिउँसो एक बजेदेखि

११ बैशाख २०८०, सोमबार १२:३९
काठमाडौ। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ। बिहान बसेको सर्वदलीय बैठकले दिउँसो एक बजेदेखि मतगण्ना गर्ने सहमति भएको हो। मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण […]