काठमाडौ। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ।
बिहान बसेको सर्वदलीय बैठकले दिउँसो एक बजेदेखि मतगण्ना गर्ने सहमति भएको हो। मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।