हामी सुस्ताएका थियौं, अब जागी सक्यौं : प्रचण्ड

कर्णाली अनलाइन ६ मंसिर २०७८, सोमबार ०६:३६

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन्। चितवनमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन्।’

उनले माले प्रतिक्रान्तिकारी रहेको टिप्पणी पनि गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको उनको भनाई छ। प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरे। ‘बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट गलहत्त्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ।’

माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र भएपछि सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराएको प्रचण्डले बताए। उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे। उनले जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको बताउँदै अगाडि भने, ‘हामी सुस्ताएका थियौं, अब फेरि जागेका छौं भनेर जनतासामु भन्न सक्नुपर्छ।’@lokpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति शर्मा विच भेटवार्ता

६ मंसिर २०७८, सोमबार ०६:३६
सुर्खेत । प्रधानसेनापति प्रभुराम शर्माको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट गरेको छ । उक्त अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्री शाहीसमक्ष ब्रिफिङ गरेका थिए । त्यस्तै उनले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न […]