ललितपुरको इमाडोलमा आगलागी

कर्णाली अनलाइन १३ फाल्गुन २०८१, मंगलवार २१:२२

ललितपुर। इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा अहिले साँझ आगलागी भएको हो।

“प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङ पसल रहेको छ। क्षतिको विवरण संकलन भइरहेको छ”, उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने

१३ फाल्गुन २०८१, मंगलवार २१:२२
काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार […]

सम्बन्धित शीर्षक