विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोज्यो: प्रमुख सचेतक भट्टराई

कर्णाली अनलाइन १७ श्रावण २०७९, मंगलवार १४:५८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए।

उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो। तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो। अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो।’

उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गरे। ‘सरकारले अहिले अनेक बहानामा पत्र काट्ने र फेरि उहाँहरुलाई विवश भएर फेरि त्यही बाटो रोज्न उद्धत गर्ने बाटोमा लागेको छ। यो कामबाट सरकार तत्काल पछि हट्न र पत्र फिर्ता लिन माग गर्छु’ उनले भने, ‘शान्तिपूर्ण बाटोमा आएर पार्टी दर्ता गरेर अघि बढ्न खोज्नेका विरुद्ध सरकारले चालेकाे कदमको ध्यानाकर्षण गर्छु।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका हिमाली जिल्लाका तीन विमानस्थललाई नौं करोड बजेट विनियोजन

१७ श्रावण २०७९, मंगलवार १४:५८
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका तीन विमानस्थललाई थप सुविधा सम्पन्न बनाउन केन्द्रीय सरकारले नौ करोड बजेट विनियोजन गरेको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि उक्त बजेट विमानस्थलमा रहेका टर्मिनल भवन निर्माणमा खर्चिने जनाएको हो । पूर्वाधार निर्माणका खर्च गरिने बजेटमध्य मुगुको रारा विमानस्थलको टर्मिनल भवन निर्माण गर्न […]