आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णाली अनलाइन १५ असार २०८०, शुक्रबार ०७:२२

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय धान दिवसको रौनक (तस्बिरहरु)

१५ असार २०८०, शुक्रबार ०७:२२
सुर्खेत। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ। मानो रोपेर मुरी फलाउने दिनको रुपमा किसानले असार १५ मनाउँछन्।यस्तै कर्णाली प्रदेश सरकारले पनी असार १५ को अबसरमा धान रोपाई गरेर उक्त दिवस मनाएको छ ।